हिन्दु संस्कृति पुनस्र्थापना दिवस मनाइने


काठमाडौँ । विशाल बजार व्यापार संघ र रिद्धि सिद्धि सेवा ट्रस्टको संयुक्त आयोजनामा हिन्दु संस्कृति पुनस्र्थापना दिवस मनाइने भएको छ ।

काठमाडौँको विशाल बजारमा कार्यक्रम गरेर माघ ८ गते हिन्दु संस्कृति पुनस्र्थापना दिवस मनाउन लागिएको हो विशाल बजार व्यापार संघका अध्यक्ष नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

उनले हिन्दु संस्कृति राष्ट्रको गहना भएकाले पुनस्र्थापना दिवस मनाउन लागिएको जानकारी दिए ।

उनले भने, “विश्वका हरेक देशले हिन्दु संस्कृति अङ्गालिरहेको छ । यो हाम्रो देशको अमुल्य संस्कृति हो । यो राष्ट्रको गहना हो । हाम्रो छिमेकी राष्ट्र भारतको अयोध्यामा माघ ८ गते राम मन्दिरको स्थापना हुँदैछ । यसै दिनलाई साक्षी राख्दै हिन्दु संस्कृति माथि प्रेम र सदभाब राख्नेहरुलाई २२ जनवरी २०२४ मा आमन्त्रण गर्दछु ।”

गुप्ताले हिन्दु संस्कृति अमर संस्कृति रहेको बताए । उनले भने,“हामीले हाम्रो संस्कृतिको जगेर्ना गर्न जरुरी छ । यसको लागि सम्पूर्ण नेपाली एक जुट हुन आवश्यक छ ।”

कार्यक्रम माघ ८ गते साँझ ५ः३० मा सञ्चालन हुने आयोजकले बताएको छ ।