नबिल बैंकको नाफा घट्यो


काठमाडौँ । नबिल बैंकको नाफा ६.१८ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८० ८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा ६.१८ प्रतिशतले घटेको हो ।

बैंकले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ५.२४ प्रतिशतले बढेको छ । बैंकले यो अवधिमा ८ अर्ब २४ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कुल संचालन आम्दानी बढेर १० अर्ब ६ करोड ३२ लाख रुपैयाँ कायम भएको छ । बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

योअवधिमा बैंकको खराब कर्जा घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा १.४६ प्रतिशत रहेको खराब कर्जा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेर १.२ प्रतिशत कायम भएको छ । हाल बैंकको प्रतिसेयर आम्दानी २३.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०४.४४ रुपैयाँ रहेको छ ।