‘आइएमई पे’ काे ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक


काठमाडौँ । नेपालको डिजिटल वालेट ‘आइएमई पे’ ले यहि माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ ।

यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्ने जनाइएकाे छ ।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट- अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पे मार्फत खरिदमा  छुट दिने जानकारी सार्वजनिक गरेको छ । साथै प्रयोगकर्ताहरूले दराज एपबाट  माघ ४ २०८० देखि माघ ८ २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५% अतिरिक्त छुट (रु. १५० सम्म) पनि प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेकाे छ ।