हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा दिपेन्द्र कुमार मिश्र


काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त भएका छन् ।

कम्पनीको २०८३ असोज १५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक अध्यक्ष पदमा मिश्रलाई आगामी वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । यस्तै बैठकले सञ्चालक समितिसमेत हेरफेर गरेको छ ।

कम्पनीका अनुसार सञ्चालक समिति सदस्यमा होमबहादुर खड्का, नितेश तोदी र कालिका पल्लव श्रेष्ठ मनोनित भएका छन् ।