ज्योति समूहबाट चाैधरी समूहले खाेस्याे हिराेकाे आधिकारिक बिक्रेता


काठमाडौँ । चौधरी समूह नेपालमा हिरो कम्पनी‍को आधिकारिक बिक्रेता बनेको छ। विश्वको सबैभन्दा ठूलो उत्पादक हिरो मोटर कप ले डाइभर्सिफाइड सिजि मोर्टसलाई नेपालमा आफ्नो वितरकको रूपमा नियुक्त गरेको छ।

हिरो मोटोकर्पले नेपालका लागि आफ्नो वितरक परिवर्तन गर्न खोजेपछि विभिन्न समूहले चासो देखाएका थिए। यसअघि नेपालमा हिरोको आधिकारिक बिक्रेता रुप ज्योतिको एनजीएम हिरोसँग थियो ।

हिरो माटोकर्पका अनुसार चौधरी ग्रुप नेपालको सन्दर्भमा अग्रणी व्यवसायिक घराना भएको, १५ हजारभन्दा बढी कर्मचारी सञ्जालमा रहेको, विश्वका १६० भन्दा बढी कम्पनी तथा १२३ ब्राण्डसँगको नेटवर्कमा प्रत्यक्ष जोडिएका कारण सिजी मोटर्सलाई आधिकारिक बिक्रेता चयन गरिएको हो ।

हिरो मोटोकर्प र सीजी मोटर्सले नेपालमा हिरोका उत्पादनहरू एसेम्बल गर्नको लागि अत्याधुनिक ग्रीनफिल्ड सुविधा स्थापना गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । यसले चौधरी ग्रुपको देशप्रतिको प्रतिबद्धतालाई झल्काउने र प्लाण्ट सञ्चालनले नयाँ लगानी ल्याउने, रोजगारीका अवसरहरू सिर्जना गर्ने विश्वास हिरो मोटोकर्पले लिएको छ । नवलपुर जिल्लामा हिरोका उत्पादनको प्लाण्ट तयार हुने बताएको हिरो मोटोकर्पले आगामी मार्चदेखि एसेम्बलको काम सुरु हुने र प्लाण्टको वार्षिक क्षमता ७५ हजार युनिट हुने बताएको छ ।

नेपाली बजारमा हिरो मोटोकर्पले सन् २०१४ मा नेपालमा प्रवेश गरेको थियो र वर्षौंदेखि सुपर स्प्लेन्डर र एक्सपल्स २०० मोटरसाइकलहरू जस्ता प्रतिष्ठित ब्रान्डहरूका लागि अत्याधिक प्रतिक्रियाका साथ आफूलाई देशकै अग्रणी खेलाडीको रूपमा स्थापित गरेको कम्पनीले जनाएकाे छ ।