अध्ययन भिषामा कडाइ गर्दै क्यानडा, ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गर्ने


काठमाडौँ । क्यानडाले आगामी दुई वर्ष अध्ययन भिसामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा अस्थायी क्याप लगाउने घोषणा गरेको छ। आप्रवासन, शरणार्थी र नागरिकता क्यानाडा (आईआरसीसी) का अनुसार उक्त निर्णय पछि ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरू अध्ययनको लागि क्यानडा प्रवेश गर्न पाउनेछन् । सन् २०२३ को तुलनामा यो ३५ प्रतिशतले कम हुने अपेक्षा गरिएको छ । सन् २०२५ को लागि यो संख्या सन् २०२४ को स्थिति मूल्याङ्कन पछि तय गरिनेछ ।

क्यानडामा बढ्दो जनसंख्याका कारण आवास र स्वास्थ्य क्षेत्रमा दबाब पर्दै गएपछि दुई वर्षसम्म भर्ना संख्या घटाएको क्यानडाका अध्यागमन मन्त्री मार्क मिल्लरले बताए ।

यसबाहेक, आईआरसीसी ले प्रत्येक प्रान्त र क्षेत्रका लागि क्यापहरू प्रस्तुत गर्दैछ। उक्त क्यापले हालको अध्ययन अनुमति धारकहरू वा अध्ययन अनुमति नवीकरणहरूलाई असर नगर्ने र स्नातकोत्तर र डक्टरले डिग्रीहरू समावेश नुहने जनाएको छ । विभागले २०२५ मा क्यापको पुन:मूल्याङ्कन गर्ने जनाएको छ ।

आईआरसीसीले पोस्ट ग्रेजुएशन वर्क परमिट को योग्यता मापदण्डमा पनि परिवर्तन घोषणा गरेको छ। नयाँ नीतिअनुसार स्नातक र कलेज प्रोग्रामहरूमा अध्यनरत विद्यार्थीका डिपेन्डेन्ट ओपन वर्क पर्मिट अनुमतिको लागि आवेदन दिन योग्य हुने छैनन् ।

२२ जनवरी २०२४ देखि विद्यार्थी भिसाको लागि आईआरसीसीमा आवेदन दिने विद्यार्थीहरूले उनीहरूको योग्यता पुष्टि गर्ने प्रान्त वा क्षेत्रबाट आएको पत्र पनि समावेश गर्नुपर्छ। प्रान्त र क्षेत्रहरूले मार्च ३१, २०२४ सम्ममा विद्यार्थीहरूलाई यस्ता पत्र दिने प्रणाली व्यवस्थित गरिसक्नुपर्छ ।

त्यस्तै, सेप्टेम्बर १, २०२४ देखि, पाठ्यक्रम इजाजतपत्र प्रबन्ध अन्तर्गत अध्ययन सुरु गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्नातक तहको अध्ययन सकेपछि स्नातकोत्तर वर्क पर्मिटको लागि योग्य हुने छैनन् ।

आगामी हप्ताहरूमा, ओपन वर्क पर्मिटहरू स्नातकोत्तर र डक्टरल अध्ययरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको जीवनसाथीहरूलाई मात्र उपलब्ध हुनेछ। स्नातक र कलेज कार्यक्रमहरू सहित अध्ययनका अन्य स्तरहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका जीवनसाथीले अब यसका लागि योग्य हुने छैनन् ।

क्यानाडाले २०२२ मा आठ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गरेको थियो भने २०२३ मा ९ लाखभन्दा बढि भर्ना भएको अध्यागमन मन्त्री मिल्लरको अनुमान छ ।