यस्तो छ आज सुनचाँदीको मूल्य


काठमाडौँ । वुधबार नेपाल सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार मंगलबार तोलाको एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रहि सोही मूल्यमा कारोबार भइरहेको जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ । मंग्लबार तोलाको १३७० रुपैयाँमा कारोबा भएको चाँदीको मूल्य आज बुुधबार तोलाको १३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।