सुनको मूल्य घट्यो, चाँदी बढ्यो


काठमाडौँ । सुनचाँदी बजारमा आज बिहिबार सुनको मूल्य ओरालो लागेको छ । सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार वुधबार स्थिर रहेको छापावाला सुनको मूल्य आज बिहिबार तोलामा ४०० रुपैयाँ घटेर तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको छ । वुधबार तोलाको १३८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार तोलामा २० बढेर तोलाको १४०० रुपैयाँमा किनबेच भएको हो ।