नेप्सेमा सामान्य गिरावट


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.९० अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ८ वटा समुहको सेयरमूल्य घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

साम्लिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ ।

कुल ३०४ कम्पनीको ११ करोड ६८ लाख ९ हजार ९ सय ५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४ सय ५० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।