इन्फोडेभलपर्सकाे मोबाइल बैंकिङ्ग एपको नयाँ  योजना अन्तर्गत ‘अब टपअपमा उपहार’


काठमाडौँ। इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ  योजना अन्तर्गत ‘अब टपअपमा उपहार’ शुरू गरेको छ । यस  योजना अन्तर्गत सहकारी/लघुवित्तका सदस्यहरुले आफ्नो सहकारी/लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा Top-up गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने जनाएकाे छ ।

बम्पर उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टिभी रहेकाे छ भने थप उपहारमा नोइज ब्रान्डको इअरबड्स , खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट-ब्यान्ड्स रहेको कम्पनीले उल्लेख गरेकाे छ। कम्पनीका अनुसार यो योजना ३१ चैत्रमा समाप्त हुनेछ। यस योजनाका विजेताहरु इन्फोडेभलपर्स र एम डबली- मोबाइल बैंकिङ्गको फेसबुक पेज मार्फत घोषणा गरिने जनाएकाे छ।

यस योजनाबाट सहकारी/लघुवित्तका सदस्यहरुले आफ्नो मोबाइलबाटै रिचार्ज र डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य इन्फोडेभलपर्सले राखेको छ, साथै सदस्यहरूलाई मोबाइल बैंकिङ्गको सुविधा अझै सुलभ र सजिलो बनाउनुका साथै मोबाइल बैंकिङ्ग एपको प्रयोगकर्ताहरू बढाउने लक्ष्य राखेको इन्फोडेभलपर्सका डिजिटल बैंकिङ्ग प्रमुख विदित वाग्लेले बताए।

त्यसैगरी, यो योजनाले सहकारी तथा लघुबित्तको क्षेत्रमा मोबाइल बैंकिङ्ग एपको अनुभवमा सकारात्मक परिवर्तन ल्याउनुका साथै नयाँ सदस्यहरू बनाउने, ग्राहक संलग्नता बढाउने, र मोबाइल बैंकिङ्ग एपको प्रयोगमा ब्रिद्धी हुने अपेक्षा गरेको इन्फोडेभलपर्सका बजार प्रमुख रेशम भण्डारी ले बताए।