मनकामना केवलकारका ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने


काठमाडौँ । मनकामना केवलकारका ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिसत छुट पाउने भएका छन् ।

मनकामना दर्शन प्रा.ली र मेरिना इम्पेक्सबिच भएको सम्झौता अनुसार मेरिना इम्पेक्समा जुन जुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिशत छुट पाउने भएका हुन् ।

सम्झौतामा मनकामना दर्शन प्रालीका तर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार मेरिना इम्पेक्सका सेवामा छुट पाउनका लागि मनकामना केवलकारका ग्रहकहरुले मनकामना दर्शन प्रालीले उपलब्ध गराउने कुपन पेस गर्नु पर्ने जनाइएको छ ।

त्यसैगरि मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । जसका लागि मेरिना इम्पेक्सले आफ्ना ग्राहकहरुलाई प्रत्येक बिलबराबर एउटा छुट कुपन उपलब्ध गराउने छ ।

उक्त कुपनका आधारमा मनकामना केवलकारले टिकटमा मेरिना इम्पेक्सका ग्राहकहरुलाई दश प्रतिशत छुट दिने कम्पनीले उल्लेख गरेको छ ।