शुक्रबार सुनको मूल्य स्थिर


काठमाडौँ । आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरणमा शुक्रबार छापावाला सुनको मूल्य स्थिर रहि तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघले जारी गरेको विवरणमा आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार बिहिबार तोलाको १४०० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार स्थिर रहि सोही मूल्यमानै कारोबार हुने जनाएको छ ।।