काठमाडौं । मारुती सिमेन्ट्स लिमीटेडले पनि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर कुल प्रतिकित्ता २७७ रुपैयाँको दरले आईपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो ।
यो कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निश्कासनको माग गरेको हो ।
कम्पनीले प्रतिकित्ता २७७ रुपैयाँ अंकित मूल्यमा ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता सेयर निश्कासन गर्न गर्ने तयारी गरेको छ ।
यो कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा नवील इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्