काठमाडौँ । माउन्टेन ग्लोरी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । दोभिल्ला, पोखरा स्थीत माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरिरहेको माउन्टेन ग्लोरी लिमिटेडले सर्वसाधारणहरुको लागि आइपिओ निष्काशन गर्न लागेको हो ।
यस कम्पनीले सर्वसाधारणहरुको लागि एक सय रुपैयाँ अकिंत दरको ४० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको जनाएको छ । लक्ष्मी सनराइज बैंकको सहायक कम्पनी एल एस क्यािपटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको उल्लेख गरिएको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट अध्यक्ष शुनिल भक्त श्रेष्ठ र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४० प्रतिशत लगानी रहेको उक्त रिसोर्टले रकम रु. ४० करोडको शेयर निकट भविष्यमा निष्काशन गर्ने योजना रहेको जनाएको छ । कम्पनीका अनुसार शेयर निष्काशन पश्चात कोठाहरु थप गरी विदेशी होटल संग अनुबन्धन गरे पश्चात पाँच तारे होटलकोे रुपमा सेवा उपलब्ध गराउने योजना छ ।
हाल जारी पूँजी रु. १ अर्व ५० करोड रहेको माउन्टेन ग्लोरी लिमिटेडले पोखराको दोभिल्ला स्थीत करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको ६४ कोठा सहित बिषेश सुविधा सम्पन्न रिसोर्टको रुपमा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा संचालन गरी सुविधा उपलब्ध गराउदै आएको कम्पनीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्