एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.७५ प्रतिशत लााभांश दिने घोषणा गरेको हो ।

कम्पनीको माघ १२ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको १८८ औं बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब १५ करोड रहेको छ । कम्पनीले चुक्तापूँजीको ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १ करोड २८ लाख बराबर नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गर्नेछ । प्राधिकरणले प्रस्तावित लाभांश स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनिलाई वितरण गरिनेछ ।