दोहोरो अंकले बढ्यो नेप्से


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ९ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ४ वटा समुहको सेयरमूल्य घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

मिड सोलु हाइड्रोपावर लिमिटेड, माथिल्लो मैलुङ खोलका जलविद्युत् र साम्लिङ पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । म्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ ।

चन्द्रगिरी हिल्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.८६ प्रतिशतले घटाएको छ ।

कुल ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।