बढ्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको कारोबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायीले जारी गरेको विवरण अनुसार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । लगातार तीन दिनदेखि स्थिर रहेको छापावाला सुनको मूल्य आज तोलामा ३०० रुपैयाँ बढेर तोलाको एक लाख १८ हजार ३०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।