प्रतितोला ३०० रुपैयाँ बढ्यो सुन, यस्तो छ आजको मूल्य


काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य तोलामा ३०० बढेको छ । सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार छापावाला सुनको मूल्य तोको एक लाख १८ हजार ६०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघका अनुसार आज तेजावि सुन तोलाको एक लाख १८ हजार ५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघका अनुसार मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलाको १४०५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आज तोलाको १५ रुपैयाँ बढेर प्रतितोला १४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।