बैंकर्स संघ र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट बिच सम्झौता


काठमाडौँ । नेपाल बैंकर्स संघ र काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट बिच सम्झौता भएको छ । सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय के.सी. ले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार दुई पक्षले आर्थिक तथा वित्तीय बिषयहरूमा संयुक्त अध्ययन र तथ्यांकमा आधारित अनुसन्धान मार्फत नीतिगत सुधारका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनुका साथै विभिन्न क्षेत्रमा सहकार्य गर्दै विविध कार्यक्रमहरुको माध्यमबाट अगाडि बढ्ने लक्ष्य लिएको उल्ल्ेख गरिएको छ ।

साथै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सहयोग गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्न इंन्टर्नशिप अवसरको लागि पनि सहकार्य गरिने जनाइएको छ । विश्वविद्यालय र संघको सहकार्यले ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदान गर्दै समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिएको छ ।