नारायणी, तिनाउ, मर्स्याङ्दी तथा स-साना नदीहरूमा बाढीको उच्च जोखिममा


काठमाडाैँ । नारायणी, तिनाउ, मर्स्याङ्दी तथा स-साना नदीहरूमा बाढीको उच्च जोखिममा रहेका छन् । देवघाटस्थित नारायणी नदीको जलसतह ९.३ मिटरको खतरा तह पार गरी निरन्तर बढिरहेको छ।

हालको पूर्वानुमानअनुसार जलसतह ऐतिहासिक अधिकतम ११.६ मिटरभन्दा माथि पुग्दै करिब १३.० मिटर सम्म पुग्न सक्ने र आज बिहान करिब ११:०० बजे आसपास १३.० मिटर पुग्ने सम्भावना रहेको छ।

साथै रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व/पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी तथा आसपासका जिल्लाबाट बहने स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

सम्भावित जोखिम क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेकाे छ ।