मंगलबार १४ अंकले बढ्यो नेप्से, साँढे ५ अर्ब माथिको कारोबार


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा उपसमुहमा गिरावट आएको छ भने ९ ओटा उपसमुह बढेका छन् ।

मंगलबार कारोबार रकमको आधारमा हिमालयन रि इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । कम्पनीको ७५ करोड २७ लाख ८६ हजार ९१८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन चन्द्रागिरी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन मिड सोलू हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.३५ प्रतिशतले घटेको छ।

कुल ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।