बुधबार २१ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौँ। बु्धबार सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७.९३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ उपसमुहको सेयर बढेको छ भने अन्य १२ उपसमुहमा गिरावट आएको छ ।

बुधबार कारोबार रकमको आधारमा हिमालयन रि इन्स्योरेन्स नै अग्रस्थानमा रहेको छ । कम्पनीको ६३ करोड ८७ लाख ८२ हजार ६९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन साम्लिङ पावर कम्पनी र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ९.८७ र ९.६७ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन मेन्चियम हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था, अप्पर स्याङ्गे हाइड्रोपावर र मेगा म्युचुअल फण्ड १ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश ५.८७ प्रतिशत, ५.७८ प्रतिशत, ५.१५ प्रतिशत र ५.१३ प्रतिशतले घटेको छ ।

कुल ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।