युरोप लैजाने भन्दै एकैजनाले ठगे ६ सय जना भन्दा बढी


काठमाडौँ । युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा, क्रोशिया लगायतका देश पठाइदिन्छु भन्दै ६ सय जना बढी सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ललितपुर कन्जोसोम गाउँपालिका ४ घर भइ इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङ रहेका छन् ।

उनले कामनपा–१६ स्थित बालाजु चोकमा युरो विंग्स एजुकेशन कन्सलटेन्सी सञ्चालन गरेका थिए ।

उनले विकास वाइबाको नक्कली परिचय दिइ युरोपियन मुलुक पठाइदिन्छु भनि ६ सय बढी सर्वसाधारणसँग करोडौँ रुपैयाँ ठगी गरेको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए । तामाङ वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भइ फरार रहेका थिए ।

पक्राउ परेका तामाङले युरोपियन मुलुकमा कामदार पठाउँछु भनेर क्यानडा १८ लाख, माल्टा, ८ लाख, पोल्याण्ड, ७ लाख र क्रोशिया ६ लाख ५० हजार रुपैयाँ ठगि गरेको खुलेको प्रहरीको भनाई छ । ६ सय भन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म रकम लिएको प्रहरीले बताएको छ ।

ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, वसुन्धारामा ५० प्रतिशत शेयर, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाईको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको, ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको पत्ता लागेको प्रहरीको विवरणमा उल्लेख छ ।