मुनाफा सञ्चित गर्दै महिला लघुवित्तले बनायो सेयरधनीलाई निराश


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफा लगानीकर्तालाई वितरण नगर्ने निर्णय गरेको हो ।

हिजो बसेको महिला लघुवित्त सञ्चालक समितिको बैठकले गत अर्थिक वर्ष २०७९–८०को मुनाफा सञ्चित गर्ने निर्णय गर्दै सेयरधनिलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्षमा कायम वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णयसँगै बैठकले सो अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरुलाई स्वीकृत गरेको छ ।

बैठकले सञ्चालक समितिबाट पारित उक्त आर्थिक वर्षकोको वार्षिक वित्तीय विवरणहरु साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्ट्रबैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।