काठमाडौँ । पछिल्लो छ महिनामा कुल विदेशी विनिमय सञ्चिती १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को पुषसम्मको तथ्यांक अनुसार २०८० असार मसान्तको तुलनामा १८ प्रतिशतले बढेको हो । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति १३ अर्ब ६९ करोड रहेको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० पुस मसान्तमा १६.९ प्रतिशतले वृद्धि भएको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०८० पुस मसान्तमा १६ खर्ब २३ करोड रुपैयाँ रहेको छ । यो २०८० असार मसान्तको तुलनामा १८.९ प्रतिशतले बढेको हो ।
२०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० पुस मसान्तमा ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब १६ अर्ब ३५ करोड कायम भएको राष्ट्र बैंकले जनाएकाे छ । २०८० पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्