नेपाल उद्योग परिसंघ र साना तथा मझौला जर्मन व्यवसायीक संघबिच समझदारी


काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई) र साना तथा मझौला जर्मन व्यवसायीक संघ (बीभीएमडब्ल्यू) बिच दुई द्विपक्षीय व्यवसायीक सम्बन्ध एवं सहकार्यका लागि समझदारी भएको छ।

बुधवार दुई पक्षबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहकार्यले नवप्रवर्तन, उद्यमशीलता प्रवद्र्धन र विकासका लागि नयाँ बाटो खोल्ने विश्वास व्यक्त गरिएको छ।

समझदारीपत्रमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र बीभीएमडब्ल्यूका नेपाल प्रतिनिधि शुभाशिष थपलियाले हस्ताक्षर गरेका छन्।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै जर्मन राजदूत डा. थोमस प्रिन्जले यस सहकार्यले व्यवसायीक तथा लगानीको अवसरलाई महत्वपूर्ण भूमिका खेल्ने बताए।

परिसंघ अध्यक्ष अग्रवालले सहकार्यले नेपाल र जर्मनका साना तथा मझौला उद्योगहरुबिचको सम्बन्धलाई बलियो बनाउन तथा घरेलु तथा साना उद्यमलाई प्रवद्र्धन गर्दै समृद्धितर्फ डोर्याउन सहयोग पुग्ने बताए ।