होन्डाको ‘एसपी१२५’ मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य ?


काठमाडौँ । नेपालका लागि होन्डा ब्रान्डको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ‘एसपी१२५’ मोटरसाइकल सार्वजनिक गरेको छ ।

एसपी १२५ बीएसभीआई, १२५ सीसी हर्स पावर रहेको यस मोटरसाइकल बीएसभीआई प्रविधियुक्त रहेको हुँदा ग्राहकको दैनिकीलाई अझ बढी सहज, विश्वसनीय र भरोसायुक्त बनाउने विश्वास कम्पनीको छ ।

मोटरसाइकलमा रहेको विषेश किसिमको चक्का तथा आर्कषक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने कम्पनीले जनाएको छ ।

आधुनिक प्रविधिको एसीजी स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सूक्ष्म मधुर आवाजमा रुपान्तरित गरिदिने हुँदा यात्रा अवधीभर चालकको मनोभावना प्रफुल्लित र सकारात्मक हुने कम्पनीले बताएको छ ।

ह्यान्डलमा रहेको इन्जिन स्टार्ट स्टप स्वीचले चालकको यात्रा सहजपूर्ण बनाउनुको साथै सवारीमा प्रयोग भएको गुणस्तरीय एलईडी हेडलाइटले जुनसुकै मौसम तथा परिस्थितिमा ग्राहकलाई सुरक्षाको प्रत्याभूति दिनेमा कम्पनी विश्वास्त छ ।

ग्राहकको चाहना अनुसारको आर्कषक डिजाइन तथा रङ्गहरुमा उपलब्ध होन्डाको एसपी १२५ ले युवा ग्राहकका साथै पेशागत व्यस्त दैनिकी भएका ग्राहकलाई समेत आर्कषित गर्न सफल हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार एसपी १२५ मोटरसाइकलको प्रारम्भिक मूल्य २ लाख ७८ हजार ९०० रूपैयाँ छ ।

सीमित अवधिका लागि तोकिएको यो मूल्यमा नजिकैको होन्डा शोरुम वा होन्डा नेपालको आधिकारिक वेवसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरी खरिद वा बुकिङ गर्न सकिन्छ ।