‘क्यान इन्फोटेक २०२४’ को चौथो दिन, यस्ताे छ अवलाेकनकर्ताकाे भीड (फाेटाेफिचर)


काठमाडौँ । क्यान इन्फोटेक २०२४ को चौथो दिनसम्म करिब ४ लाख जनाले प्रत्यक्ष अवलोकन गरेका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा माघ २५ देखि भोलि (माघ २९) गतेसम्म सुरू भएको मेलाकाे उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् ।

मेलामा विभिन्न कम्पनी तथा ब्राण्डहरूले सेवाग्राहीलाई एकै थलोबाट आफ्ना उत्पादन एवं सेवाबारे जानकारी प्रदान गरिरहेका छन् ।

क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदारले सरकारले बेलैमा यस क्षेत्रका जनशक्तिलाई देशभित्रै रोजगार दिन नसके जनशक्ति विदेशीने संंख्या बढ्दै जाने बताएका छन् ।