चार पत्रकारलाई सुशासन पुरस्कार


काठमाडौँ। सुशासनको क्षेत्रमा कलम चलाउन चार पत्रकार पुरस्कृत भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा उत्कृष्ट काम गर्ने पत्रकारहरुलाई पुरस्कृत गरिएको हो।

आयोगको ३३ औं स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले कान्तिपुरकर्मी मात्रिका दाहालसमेत चार पत्रकारलाई पुरस्कार प्रदान गरेका हुन्।

पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन अभिबृद्धि उल्लेखनीय योगदान पुर्‍याए वापत् पुरस्कृत हुने अन्य पत्रकारहरुमा सुवास गोतामे, अजय अनुरागी र सुदर्शन आचार्य रहेका छन्। कान्तिपुरकर्मी दाहालले लगातार दोस्रो वर्ष सुशासन पुरस्कार प्राप्त गरेका हुन्।

अख्तियारले सीडीई राजेकुमार दास र प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकी र उपन्यायाधिवक्ता निरञ्जन स्थापितलाई पनि पुरस्कृत गरेको छ ।