फागुन १८ र १९ गते ‘डिजिटल कर्णाली कन्क्लेभ २०२४’ आयोजना हुँदै


काठमाडौँ । आउदो फागुन १८ र १९ गते डिजिटल कर्णाली कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभमा ४० बढि राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता हुने जनाइएको छ ।

आयोजकका अनुसार कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्दि«त रहने कार्यक्रममा ५० बढि विज्ञ र सरोकारवालाहरु वक्ताको रुपमा रहनेछन् । सुर्खेत, बिरेन्द«नगर स्थित सिदार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा संिघय सरकार, प्रदेश र स्थानिय सरकारका प्रतिनिधिहरुको उपस्थिती रहनेछ । कन्क्लेभमा अन्य ६ प्रदेशहरुबाट पनि सम्वन्धित मन्त्री र सचिवहरुलाई निमन्त्रणा गरिने उल्लेख गरिएको छ ।

कन्क्लेभमा ४ वटा महत्वपुर्ण किनोट प्रस्तुती र ६ वटा प्यानल सेसनहरु रहेका छन् । यसैगरी नेतृत्वमा रहेका बिशिष्ट व्यत्तिहरुको पावर संवाद सेसन पनि समावेश हुने जनाइएको छ । आय
जकका अनुसार कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास र क्षमताको कुराहरुबाट कार्यक्रमको सुरुवात हुनेछ भने डिजिटल रुपान्तरणको प्रतिवद्धता र टेकअवेको रुपमा कार्यक्रमलाई समापन गरिनेछ ।

कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रुपान्तरणको बाटोमा डोर्याउन कन्क्लेभ फलदायी हुने आयोजक सस्थाहरुले जानकारी दिएका छन । २ दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुर्याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीको प्रतिवद्धता छ ।

राष्ट्रिय तथा स्थानिय सरोकारवालाहरुसँग सहकार्य गर्दै स्थानिय उत्पादन, कृषि, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवद्धन गर्नपनि कन्क्लेभले जोड दिनेछ । नेत्तृत्वमा बस्ने र नीति निमार्णमा पनि डिजिटल बुझाईको ग्याप रहेको हुदा कन्क्लेभले डिजिटल साक्षरतामा पनि जोड दिने मन्त्रालयले जनाएको छ ।

आयेजकका अनुसार कर्णाली प्रदेशमा डिजिटल सेवा, स्टार्टअप र नयाँ इनिसिएसनमा काम गरिरहेका सस्थाहरुलाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको छ ।