राष्ट्र बैंकले गर्‍यो ५ ओटा मनिचेञ्जरहरुको इजाजतपत्र रद्द


काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच ओटा मनिचेञ्जरहरुको इजाजतपत्र रद्द गरेको छ । समयमा नविकरण नगरेको भन्दै राष्ट्र बैंकले मनिचेञ्जरको इजाजतपत्र रद्द गरेको हो ।

नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकोले इजाजतपत्र रद्द गर्ने निर्णय गरेको हो ।

फेयर मनि एक्स्चेन्ज प्रा.लि., न्यातपोल मनि एक्स्चेन्ज प्रा.लि., कैलाश मनि एक्स्चेन्ज प्रा.लि. ग्रेस मनि एक्स्चेन्ज प्रा.लि. र रुट नेपाल मनि एक्स्चेन्ज प्रा.लि. को इजाजतपत्र रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।