नेपाल टेलिकमको नाफा ७.६० प्रतिशतले घट्यो


काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८० ८१ को दोस्रो त्रैमासमा खुद नाफा ७.६० प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा टेलिकमले ३ अर्व ९३ करोड १४ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

गत आ.व. को सोही अवधि टेलिकमले ४ अर्व २५ करोड ४७ लाख ७६ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो ।
टेलिकमको चालू आर्थिक वर्षको ६ महिनामा कुल आम्दानी २१ अर्व ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ रहेको छ यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.५८ प्रतिशतले कमी आएको हो । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमले. २२ अर्व १० करोड ११ लाख ३७ हजार रुपैयाँ बराबर कुल आम्दानी गरेको थियो ।

कुल सञ्चालन आय १७ अर्व २४ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा१८ अर्व ७ करोड ७३ लाख ४८ हजार रुपैयाँ रहेको कुल सञ्चालन आय ४.५९ प्रतिशतले कमी भएको हो ।
कम्पनीको प्रति शेयर आम्दानी ४३.६८ रुपैयाँ रहेको छ ।