म्युचुअल फन्ड ल्याउन गरिमा क्यापिटलले सेबोनसँग माग्यो अनुमति


काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष “गरिमा म्युचूअल फण्ड” अन्तर्गत एक अर्ब रुपैयाँ बराबरको पहिलो बन्दमुखी योजनाको रुपमा “गरिमा समृद्धि योजना” प्रयोजनार्थ नेपाल धितोपत्र बोर्ड समक्ष दर्ता गर्नको लागि निवेदन पेश गरेको छ ।

सामूहिक लगानी कोष “गरिमा म्युचूअल फण्ड” अन्तर्गत एक अर्ब रुपैयाँ बराबरको पहिलो बन्दमुखी योजनाको रुपमा “गरिमा समृद्धि योजना” सञ्चालन गर्ने प्रयोजनार्थ माघ महिना २८ गते धितोपत्र बोर्ड समक्ष दर्ता गर्नको लागि निवेदन पेश गरेको हो ।

प्रस्तावित योजना अन्तर्गत १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्न लागिएको जनाएको छ । कम्पनीका अनुसार उक्त योजना हाल नेपाल धितोपत्र बोर्डको म्युचूअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।

सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य ९डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको कम्पनीले उल्लेख गरेको छ ।

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।