काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडले लाभांश नदिने भएको छ। कम्पनीले सेयरधनीलाई निराश बनाउँदै गत आर्थिक वर्षको मुनाफा सञ्चित गर्ने निर्णय गर्दै लाभांश नदिने भएको हो ।
संस्थाको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले कम्पनीको २९ औँ वार्षिक साधारण सभा समेत डाकेको छ । बैंठकले आगामी चैत २ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी फागुन फागुन १८ देखि चैत २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यस्तै सभामा कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने र संस्थापक समूहको स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्