काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सुचिकृत कम्पनीहरुको वर्गिकरण पुनरावलोकन गरेको छ । धितोपत्र सूचीकरण विनियमावली २०७५ को ब्यबस्था अनुसार नेप्सेले कम्पनीहरुको वर्गिकरण सार्बजनिक गरेको हो ।
२०७५ देखि नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा कम्पनीहरुलाई ‘ए’, ‘बि’, ‘जि’ र ‘जेड’ गरी चार वर्गमा वर्गिकरण गर्ने ब्यबस्था छ । जसअनुसार ‘ए’ वर्गमा ३१ वटा कम्पनी, ‘बि’ वर्गमा ३५ ओटा कम्पनी, ‘जि’ वर्गमा ७० ओटा र ‘जि’वर्गमा १३५ वटा कम्पनी परेका छन् ।
नेप्सेले पुस मसान्तको विवरणअनुसार संस्थाको चुक्ता पुँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ वर्गिकरण सार्वजनिक गरिएको जनाएको छ ।
‘ए’ वर्गमा ८ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, १ फाइनान्स कम्पनी, ६ वटा लघुवित्त, १ बीमा कम्पनी, ३ वटा जलविद्युत कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी र ३ वटा अन्य समूहका कम्पनी रहेका छन् ।
‘बि’ वर्गमा जसमा ७ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ६ वटा फाइनान्स कम्पनी, २ वटा लघुवित्त, १४ वटा जलविद्युत कम्पनी, ३ वटा होटेल समूहका कम्पनी र एउटा अन्य समूहका कम्पनी छन्।
‘जि’ वर्गमा भने ८ वटा लघुवित्त, ५ वटा जीवन बीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी , १४ वटा हाइड्रो, होटेल समुह अन्तर्गतको चन्द्रागिरी हिल्स, अन्य समुह अन्तर्गत पुनर्बीमा कम्पनी र इन्भेष्ट समुह अन्तर्गतका ४ कम्पनी परेका छन् ।
सबै भन्दा धेरै कम्पनी भने ‘जेड’ वर्गमा परेका छन् । जेड वर्गमा १२ वटा विकास बैंक, १६ वटा फाइनान्स, ४० वटा लघुवित्त, ७ वटा जीवन बीमा कम्पनी, १५ वटा निर्जीवन बीमा कम्पनी, २८ वटा हाइड्रो, इन्भेष्टमेन्ट समुहबाट नागरिक लगानी कोष, ट्रेडिङ समुहका ४ वटा कम्पनी, उत्पादन समुहका १८ वटा कम्पनी, होटेल समुहका ४ कम्पनी, र अन्य समुहका २ कम्पनी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्