अर्थतन्त्रमा सुधार नआए बैंकहरूले अर्को वर्ष लाभांश दिन सक्दैनन्ः सिइओ ढुंगाना


काठमाडौँ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरूले लाभांश दिन नसक्ने बताएका छन्।

महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै सिइओ ढुङ्गानाले विगतमा कहिल्यै नदेखिएको समस्या अहिले अर्थतन्त्रमा देखिएको र त्यसको प्रभाव बैंकहरूमा परेको उनको भनाइ छ ।

उनले भने, “अहिले बजारमा खरिदबिक्रि देखि उधारो उठ्ने काम सुस्ताएको र समग्र अर्थतन्त्रमा नै समस्या आएको छ । जसले गर्दा बैंकको रिकभरीमा नराम्रोसँग हिट गरेको छ । जसले गर्दा अर्थतन्त्रमा सुधार नभएमा बैंक तथा वित्तीय संस्थाहरूले थप समस्या झेल्नुपर्ने देखिन्छ।”

उनले मुलुकमा पुजीँगत खर्च बढाउने भन्दा पनि बजेट घटाउने परिपाटी सहि नभएको बताए। यसले अर्थतन्त्र सकरात्मक गतिमा नजाने उनको भनाइ छ।