रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ आयोजना हुँदै


काठमाडाैँ । रोयल इन्फिल्ड ‘हन्टर कार्निभल’ आयोजना हुने भएको छ।

नेपालका लागि ‘रोयल इनफिल्ड’ को आधिकारिक विक्रेता अल्फा अटोमोटिभले हालै बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल हुन लागेको हो।

उक्त कर्निभल फागुन १२ गते इजी वे ट्रायल सेन्टर शंखमुलमा हुने बताइएको छ। कार्यक्रममा टेस्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एन्ड जी एम ए प्रदर्शनी, मोटरसाइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटरसाइकल परेड, फुड स्टल र म्युजिकल पर्फमेन्सलगायतका कार्यक्रमहरू हुने कम्पनीको भनाइ छ।