बुधबार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ। बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य १ लाख १७ हजार ८५० रुपैयाँ रहेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको जनाएको छ।