लाभांश लिन सिटिजन्स बैंकको सेयरधनीलाई अनुरोध


काठमाडौँ। सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७४/७५ को लाभांश लैजानको लागि अनुरोध गरेको छ ।

बैंकले सूचना प्रकाशित गर्दे पुरानो सेयरधनीहरुलाई ३५ दिन भित्र नगद लाभांश लैजानको लागि अनुरोध गरेको हो ।

यस अवधि पछि लिन बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जनाएको छ ।