बिहीबार २०.७६ घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरमापक सूचक नेप्से परिसूचक बिहीबार २०.७६ अंकले घटेर २००५.८३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ उपसमुहको सेयरमूल्य बढेको छ भने ११ उपसमुहको सेयरमूल्य घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड ८७ लाख ९७ हजार १७८ रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।

समाज लघुवित्त वित्तीय संस्था, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र साम्लिङ पावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढि कमाएका छन् ।

कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.८७ प्रतिशत र ९.८५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.६० प्रतिशतले घटेको छ ।

कुल ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनेबच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार २५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।