टिकटक चलिरहेको भन्दै सेवा प्रदायकलाई सोध्यो प्राधिकरणले स्पष्टिकरण


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले केही इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई टिकटक चलिरहेको भन्दै स्पष्टिकरण सोधेको छ ।

शुक्रबार सुचना जारी गर्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकसँग स्पष्टिकरण सोधेको जनाएको हो ।

टिकटकको माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै सरकारले टिकटक प्रयोगमा रोक लगाएको थियो ।

तर केही सेवा प्रदायक कम्पनीहरुको नेटवर्कबाट टिकटक चलिरहेको पाइएकाले त्यस्ता सेवा प्रदायकहरुलाई प्राधिकरणबाट स्पष्टिकरण सोधिएको र दूर सञ्चार ऐन, २०५३ बमोजिम कारवाही प्रकृया अघि बढिसकेको सूचनामा उल्लेख गरिएको छ ।

प्राधिकरणको निर्देशन पालना गर्न र निर्देशन पालना नगरेको पाईएमा ऐन २०५३ बमोजिम कारवाही हुने जनाकारी दिएको छ ।