सोमबार घट्यो सुनको मूल्य


काठमाडौँ। सोमबार छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । आइतबार १ लाख १८ हजार ५०० रुपैयाँमा किनबेच भएको छापावाल सुन सोमबार २०० रुपैयाँले घटेर १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ भने १ लाख १७ हजार ७५० रुपैयाँ रहेको छ ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ