आइपीओ जारी गर्ने प्रस्तावसहित क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा


काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ ।

कम्पनीले यहि चैत चैत ५ गते शुभ होटल प्रालि, चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।