वरिष्ठ गायक भक्तराज आचार्यको निधन


काठमाडौँ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

भजनशरोमणीको उपाधि पाएका आचार्यको जन्म वि.सं. १९९९ मा धनकुटामा भएको थियो ।

गायक आचार्य लामो समयदेखि क्यान्सरपीडित थिए । आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने जनाइएको छ।