सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको फागुन १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजारको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावप नेपाल बीमा प्राधिकरणले स्वीकृत पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।