नेपाली युवा उद्यमी मञ्चद्वारा स्टार्टअप र उद्यमशिलता प्रवर्धनमा ‘राष्ट्रिय नीति संवाद २०२४’ सम्पन्न


काठमाडाैँ । नेपाली युवा उद्यमी मञ्चले आइएलओ सेल परियोजनासँगको सहकार्यमा फागुन १५ गते राष्ट्रिय नीति संवाद २०२४ सम्पन्न गरेकाे छ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एक नारायण अर्याल थिए भने विशेष अतिथिका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खोमराज कोइरालाको उपस्थिति रहेको उल्लेख गरिएकाे छ ।

कार्यतक्रममा आभूषण ज्योति कंसाकारले देशमा स्टार्टअपको स्थिति, चुनौति, अवसरहरु र स्टार्टअपहरूको उत्कृष्ट अभ्यासहरूकाे बारेमा बताएका थिए । कंसाकारले सरकारसँग युवा उद्यमीहरूको दबाबपूर्ण मागलाई जोड दिँदै उनीहरूको आवश्यकतालाई गम्भीरतापूर्वक विचार गर्न आग्रह गरेका छन् ।