पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्वमा शर्मा


काठमाडौँ। नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् ।

शनिवार राजधानीमा आयोजित ७ औं महाधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

महासंघको उपाध्यक्षमा मातृका शिवाकोटी, नारायण कुमार श्रेष्ठ, बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् ।

महासचिवमा बिष्णु प्रसाद पौडेल, उप–महासचिवमा अर्जुन कुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शंभु लामिछाने, महिला सचिवमा कोपिला गिरी तथा सह कोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका छन् ।

लेखा समिति संयोजकमा कृष्णराम कार्की निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमालाई बढाउँदै व्यवसायीका समस्या समाधानमा प्रयासरत रहने बताए ।