नेपाल फलफूल थोक व्यवसायी संघको अध्यक्षमा बानियाँ निर्वाचित


काठमाडौँ । नेपाल फलफूल थोक व्यवसायी संघको अध्यक्षमा अमर बानियाँ निर्वाचित भएका छन्।

गत शनिवार भएकाे संघको ३२ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट बानियाँलाई निर्वाचित गरेको हो।

त्यस्तै संघको उपाध्यक्षमा मेघनाथ चौलागाई, महासचिवमा सुविन्द्र शाही, सचिवमा सरोज कुमार श्रेष्ठ, कोषाध्यक्षमा पुरुषोत्तम घिमिरे निर्वाचित भएका हुन्। साधारण सभाले सदस्यहरूमा अर्जुन हुमागाई, अनिस श्रेष्ठ (बसन्त), सफल न्यौपाने, विष्णुप्रसाद चौलागाई निर्वाचित गरेको छ।