को-को बन्ने भए मन्त्री ?


काठमाडौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीं (रास्वपा) ले मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जान एमाले, माओवादी र रास्वपाले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

सरकारमा एमालेका दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह, पदम गिरी, रघुवीर महासेठ र बलराम अधिकारी मन्त्री हुने छन् ।

नेकपा माओवादी केन्द्रले पनि मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

माओवादी केन्द्रका अनुसार यसअघि मन्त्रिपरिषदमा रहेका ३ जना मन्त्री नारायणकाजी श्रेष्ठ, शक्ति बहादुर बस्नेत र रेखा शर्माले निरन्तरता पाउने जनाइएको छ । माओवादी केन्द्रका नेता हितबहादुर तामाङले मन्त्री पदको शपथ लिइसकेका छन् भने वर्षमान पुन पनि मन्त्री बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री हुनेहरुको नाम टुंगो लगाएको छ । मन्त्री हुनेहरुमा गृह मन्त्रालयमा रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको उल्लेख गरेको छ ।