शाओमीको रेड्मी ए थ्रि स्मार्टफोन नेपालमा


काठमाडौँ । शाओमीले नेपालमा रेड्मी ए थ्रि लन्च गरेको छ । रेड्मी ए थ्रि स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग ® गोरिल्ला ® ग्लास ३ को सुरक्षा रहेको जनाएको छ ।

कम्पनीका अनुसार १० वाट फास्ट चार्जिङ र ५ हजार एमएच ब्याट्रीको साथ रेड्मी ए थ्रि लाई युएसबी टाईप सी मा चार्ज गर्न सकिने छ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्र्माटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर रहेको छ ।

यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “ग्राहकहरु माझ रेड्मी ए थ्रि प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । प्रभावशाली प्रदर्शन, उत्कृष्ट डिस्प्ले र एआई डुअल क्यामेराको साथ रेड्मी ए थ्रि मा इन्ट्री लेभल स्मार्टफोनमा हुनुपर्ने सबै फिचरहरु उपलब्ध छ । रेड्मी ए थ्रि स्टाइल, इनोभेसन र पर्फर्मेन्सको कम्बीनेसन हो ।”

रेड्मी ए थ्रि को ६.७१ इन्चको एचडी प्लस डिस्प्ले र १६५० ८ ७२० पिक्सेलको रिजोल्युसन रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मिडियाटेक हेलियो जि ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेड्मी ए थ्रिले फास्ट पर्फमेन्स र सिमलेस मल्टिटास्किङ सुनिश्चित गर्दछ । ४ जिबी ¥याम (४ जिबी विस्तारित) र १२८ जिबी स्टोरेजको ( १ टीबी सम्म बडाउन सकिने ) साथमा प्रयोगकर्ताले स्मुथ अपरेसन र आकर्षक स्टोरेज रहेको उल्लेख गरिएको छ ।

रेड्मी ए वान रेड्मी ए टुमा रहेको एन्ड्रोइड गो भर्जनबाट अपग्रेड भई रेड्मी ए थ्रिले एन्ड्रोइड १४ छ ।

कम्पनीका अनुसार रेड्मी ए थ्रि मा ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरुमा ३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबी भेरियन्टमा उपलब्ध हुनेछ ।
३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबीको मूल्य क्रमश ११ हजार ९९९ रुपैयाँ र १२ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले उल्लेख गरेको छ ।